नक्कली टिकट प्रकरणको छानबिन गरिनुपर्छ : मेयर भट्ट

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले अत्तरिया आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा देखिएको नक्कली टिकट ठेली प्रकरणको छानबिन गरिनुपर्ने बताएका छन । आइतबार महोत्सवको समापन समारोहमा बोल्दै मेयर भट्टले टिकट प्रकरणको छानबिन गरी गलती अगाडि ल्याउनुपर्ने बताएका हुन ।

maya metro hospital

‘कुनै पनि सस्था विधि र विधानमा चल्छ । विधि र विधान भन्दा बाहिर गएर एकले अर्कालाई दोषारोपण गरेर हुँदैन । तपाईंहरू सबै जिम्मेवार हो । यदि गलती भएको छ भने यो गल्तीलाई अगाडि ल्याउनुहोस । यसको छानबिन हुनुपर्छ’ उनले भने ‘सबै कुराको पारदर्शिता हुन आवश्यक छ । मनोमानी ढंगले तपाईंहरू नहिड्नुहोस ।’

उनले नक्कली टिकट ठेली प्रकरणले अत्तरिया क्षेत्र पनि बदनाम हुने बताए । उनले भने ‘यसरी एकातिर संस्था बदनाम हुन्छ भने ठाउँ पनि बदनाम हुन्छ । त्यसैले सबै जिम्मेवार बन्न आवश्यक छ ।’
उनले गोदावरी प्रदेशको ट्रान्जिट पाइन्टमा भएपनि यहाँ धेरै चुनौती रहेको बताए । उनले गोदावरीलाई सुगम पालिका भनिएपनि अझै यहाँ विजुली बत्ती नपुगेका ठाउँ रहेको बताए ।

attariya hospital

संघीय सरकारले दिएको सीमित बजेटमा रहेर काम गर्नु पर्दा निकै चुनौतीको सामना गर्नु परेको उनले बताए । उनले राजधानीको सहर भनेर चिनिँदै गरेकोमा यहाँ राजधानी निर्माण नभएकाले यसमा प्रदेश सरकारले अगाडि बढ्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.