राष्ट्रव्यापी शैक्षिक अभियान सञ्चालन गरिने

धनगढी – प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षाको समग्र सुधारका लागि ‘राष्ट्रव्यापी शैक्षिक अभियान २०८०’ गर्ने भएको छ । देशका ७७ वटै जिल्लामा कार्यरत स्वतन्त्र सामाजिक विद्यार्थी संगठन प्राज्ञिकले यहि माघ महिना भित्र विभिन्न कार्यक्रम गर्न लागेको हो ।

maya metro hospital

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल धनगढी नगर एकाईले शनिबार पत्रकार सम्मेलन गर्दै माघ महिनामा गर्ने विभिन्न कार्यक्रमको घोषण गरेको छ । विगत २९ वर्षदेखि शिक्षा क्षेत्रमा कार्य गर्दै आइरहेको प्राज्ञिकले देशको पूर्वीय दर्शनलाई आफ्नो वैचारिक अधिष्ठान मान्दै, आधुनिक विश्वपरिवेशका सकारात्मक र आवश्यक विषयमा ओकालत गर्दैआएको परिषद्ले बताएको छ ।

citizen security services

शिक्षाको समग्र सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियान २०८० माघ महिनाभरी देशभरका एकाइहरूमा विभिन्न रचनात्मक गतिविधिहरू गर्दै सम्पन्न गर्नलागेको प्राज्ञिक विद्यार्थी परिषद् नेपाल धनगढी नगर कमिटीले जनाएको छ ।

attariya hospital

नेपालको शिक्षा क्षेत्रको सुधारका लागि दबाव र आधार तयार गर्ने परिषदको भनाइ छ । परिषदका अनुसार ’राष्ट्रव्यापी शैक्षिक अभियान २०८० कालागी पौष पहिलो हप्तामा प्रत्यक्ष र अनलाइन फर्म मार्फत सर्वेक्षण गरिएको थियो ।

माघ महिनाभर सञ्चालन हुने अभियानका लागी समग्र तयारी पुरा भएको परिषदले जनाएको छ । कलेज र विद्यालयस्तरमा अन्तर्राकया, चर्चा एवं बहसहरू गरिने र ७७ जिल्लामा एक साथ प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री, शिक्षामन्त्री र राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाइने प्राज्ञिक विद्यार्थि परिषदले विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विश्वविद्यालय केन्द्र र केही प्रमुख क्याम्पसमा विद्यार्थी सुनुवाई कार्यक्रम गरिने,सबै प्रदेश केन्द्र र केहि प्रमुख केन्द्रमा एक साथ यानी एवं सम्बोधन समारोहको आयोजना गर्ने, देशभरका आंगिक र सामुदायिक क्याम्पसमा मांगपत्र दिवस मनाउने र सुधारका लागि सुझाव पेस गरिने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै शिक्षा साहित्यिक कार्यक्रम, रचना बाचन आदि कार्यक्रमहरू गरिने,केही मुद्दालाई लिएर केन्द्रमा धर्ना दिने र अनसन बस्ने राष्ट्रव्यापी शैक्षिक अभियान संयोजन समितिले जनाएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.