सुदूरपश्चिम सरकार जनता र संसद्प्रति जबाफदेही हुन सकेन : सांसद विष्ट

धनगढी – राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेशसभा सदस्य खिमादेवी विष्टले सुदूरपश्चिम सरकार जनता र संसद्प्रति जबाफदेही हुन नसकेको आरोप लगाएकी छन् । आजदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य विष्टले सो आरोप लगाएकी हुन् ।

maya metro hospital

सांसद विष्टले सरकारले न बाढी पीडितलाई न त भूकम्प पीडितलाई समयमा सहयोग गर्न सकेको भन्दै आलोचना गरिन् । त्यस्तै उनले सत्तारुढ दलका प्रदेशसभा सदस्यहरूले नियम विपरीत सवारी साधन चलाएको समेत बताइन् ।

उनीहरुले उल्टै चलाएको गाडीको मर्मतसम्भार खर्च प्रदेशसभा सचिवालयमार्फत भुक्तानी गराएको बताउँदै उनले सम्बन्धित प्रदेशसभा सदस्यलाई क्षतिपूर्ति भराउन लगाउनुपर्ने माग गरिन् ।

attariya hospital

यसैबिच विष्टले सरकार लाचार हुँदा आफूहरूको हैसियत वडा सदस्यभन्दा तल्लो स्तरको भएको भन्दै दुखेसो समेत पोखिन् । उनले मुख्यमन्त्री कमलबहादुर शाहले कुनै कुरामा अडान लिन नसकेको भन्दै आपत्ति जनाइन् ।

उनले भनिन्, ‘मुख्यमन्त्रीज्यू, तपाईंसँग मेरो प्रश्न छ तपाईं कुनै दलको मुख्यमन्त्री हो ? या कुनै व्यक्तिको ? कि ५३ जनाको या सुदूरपश्चिमको मुख्यमन्त्री हो ? तपाईंको बोलीमा मैले कुनै पनि दम देखेको छैन । मैले मात्रै होइन, तपाईंका पार्टीका कार्यकर्ताले पनि देखेका छैनन् । अहिले यहाँको विकास भइरहेको छैन, यसको जिम्मा तपाईँले लिनुपर्छ । यो कुरा गम्भीरतापूर्वक लिइदिनुहोला ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.