दुर्गाभवानी मावीको वार्षिकोत्सव सम्पन्न

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ७ मा रहेको दुर्गाभवानी माध्यमिक विद्यालय हरैया जमुनाभाडीको ३१ औं वार्षिक उत्सवको सम्पन्न भएको छ । शुक्रबार गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

maya metro hospital

कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले यस क्षेत्रमा रहेका सम्पूर्ण विद्यालयमा शैक्षिक गुणस्तर विकासका लागि लागि परेको बताए । उलने सामुदायिक विद्यालयको समस्या पहिचान गरी समाधानको लागि पहल गर्ने बताए ।

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्ट, वडा नम्बर ७ र ८ का अध्यक्ष, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । उक्त विद्यालयमा २५१ छात्र र २९० छात्रा गरी ५४१ विद्यार्थी अधयनरत रहेका छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.