दार्चुला बस दुर्घटनाः घाइते सबैको परिचय खुल्यो, ५ जना धनगढी रिफर

अत्तरिया- दार्चुला बस दुर्घटनामा घाइते भएकाहरुको संख्या १५ पुगेको छ भने सबैको परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घाइतेमध्ये ५ जना धनगढी रिफर भएका छन् ।

maya metro hospital

दार्चुलाको दुहुँ गाउँपालिका–५ की २३ वर्षीया कमला बम, उनका ४ वर्षीय छोरा हिमान्सु बम, ५२ वर्षीय दिलबहादुर बम, महाकाली नगरपालिका–५ की ६० वर्षीया पशुपति टमटा र सोही ठाउँकी १९ वर्षीया निरुता ओड धनगढी रिफर भएका दार्चुला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

citizen security services

त्यस्तै, बस चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका ३६ वर्षका महेश भट्ट, शुक्लाफाँटा नगरपालिका–१० झलारीका २५ वर्षीय जनक ठगुन्ना, शुक्लाफाँटा–१० कै २४ वर्षीय भुवन ठगुन्ना, बैतडीको पाटन नगरपालिका–१० खोड्पेका १७ वर्षीय लक्ष्मण महरा, दशरथचन्द नगरपालिका–४ खलंगाका २४ वर्षीय प्रशान्त पौडेल, मेलौली नगरपालिका–६ का २८ वर्षीय तारादत्त ओझा, दार्चुलाको अपिहिमाल गाउँपालिका–३ खण्डेश्वरीका १७ वर्षीय भरत धामी, महाकाली नगरपालिका–१ का ३१ वर्षीय लालसिंह कार्की, मार्मा गाउँपालिका–६ का ४० वर्षीय नरेन्द्र धामी र दुहुँ गाउँपालिका–३ का ३५ वर्षीय भरतसिंह कार्की घाइते भएका उनले बताए ।

attariya hospital

घाइते सबैको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रवक्ता सिंहले बताए । बसमा १७ जना सवार रहेका बताइएको छ । आज बिहान कञ्चनपुरको महेन्द्रनगरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १०३१ नम्बरको बस दार्चुलाको महाकाली नगरपालिका–५ मा दुर्घटना भएको थियो ।

 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.