दार्चुलामा बस दुर्घटना हुँदा १४ जना घाइते

दार्चुला — दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको बस दुर्घटनामा परेको छ । शुक्रबार बिहान महाकाली नगरपालिका –५ किम्तडीस्थित फोहोर संकलन केन्द्र जिकै दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

maya metro hospital

प्रहरीका अनुसार खलंगाबाट बिहान ५ः३० बजे महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको सुपप्र ००१ ख १०३१ नम्बरको बस दुर्घटनामा परेको हो ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिए । चालकसमेत उपचारमा रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.