काठमाडौँ- आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि आज मध्यरातदेखि आचारसंहिता लागु हुँदैछ । निर्वाचन आयोगले यसअघि आजदेखि माघ १२ गतेसम्म लागु हुने गरी आचारसंहिता जारी गरेको थियो ।
कुनै पनि प्रक्रारका अन्तरक्रिया, सम्मेलन, गोष्ठी, उदघाटन वा निर्वाचनसँग सम्बन्धित छलफल गर्न नपाइने, सामाजिक सन्जाल, अनलाइन वा छापा माध्यमबाट पनि भोट माग्ने वा कुनै दल तथा उम्मेदवारको पक्ष-विपक्षमा सन्देश, सूचना वा समाचार राख्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
आचार संहिता सरकार, सरकारका मन्त्री, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकायका पदाधिकारी, शिक्षक, पत्रकार, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, अर्धसरकारी र निजी संघसंस्था लगायतमा लागु हुने आयोगले जनाएको छ ।
मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिता लागु हुनेछ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि हुने निर्वाचनको मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
अन्तिम अपडेट: माघ २, २०८०