गोदावरीमा आयोजित राष्ट्रपति रनिङ शिल्डको उपाधि दुर्गालक्ष्मीलाई

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा सम्पन्न १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी दुर्गालक्ष्मी नमूना माध्यमिक अत्तरियाले जितेको छ । पुष २७ गते देखि सुरु भएको नगरस्तरिय प्रतियोगितामा दुर्गालक्ष्मी नमूना माध्यमिकले १३ स्वर्ण १६ रजत र १५ कास्य सहित जम्मा ४४ पदक सहित उपाधी जितेको हो ।

maya metro hospital

प्रतियोगितामा १२ स्वर्ण ११ रजत र ७ कास्य सहित सैनिक आवासिय मावि तेघरीले दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै ६ स्वर्ण, २ रजत र ३ कास्य सहित दुर्गा भवानी माबि हरैया तेस्रो भएको छ ।

सामुदायिक र सस्थागत गरी ४२ विद्यालय सहभागि प्रतियोगितामा ६६स्वर्ण, ६२ रजत र ७८ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा २० विद्यालयले मात्रै स्वर्ण पदक जित्न सफल भएका छन् ।

attariya hospital

आईतबार राति अबेर सम्पन्न कार्यक्रमको समापनमा बोल्दै गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले विजेता, उपविजेतालाई पुरस्कार वितरण गर्दै अनुशासन पुर्वक खेल सम्पन्न गरेकोमा खेलाडी, खेल प्रशिक्षक, व्यवस्थापक सबैलाई धन्यवाद व्यक्त गरे ।

गोदावरी नगरपालिका भित्र ५६ ओटा सामुदायिक स्कुल भएता पनि बिद्यार्थीहरुलाई खेलकुदका माध्यमबाट नगरस्तरिय कार्यक्रममा न्यून सहभागिता प्रति आफूलाई दुःख लागेको र आगामी दिनमा सामुदायिक स्कुललाई प्राथमिकताका साथ अगाढी बढ्न समेत नगर प्रमुख भट्टले बताए ।

यसअघि समाचारमा सैनिक आवासिय मावि तेघरीले १२ स्वर्ण पदक जितेको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । – सम्पादक

 

lotus add
3 Comments
  1. ALL IS WELL says

    Plz email me and i will send you proof . Other wise correct ur news and update it plz

    1. अत्तरिया अनलाइन says
  2. Sagar Chand says

    This is not fair from media our school (SAINIK) have won 12 gold medal but that is not included/mentioned in this news. So correct it. Thank you.

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.