राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारले साढे ३ लाख खर्च गर्न पाउने

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारले गर्न सक्ने चुनाव खर्चको सीमा तोकेको छ । जसअनुसार राष्ट्रिय सभा सदस्यका उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने छन् ।

maya metro hospital

मतदान नामावली खरिद, सवारी साधान र इन्धन, प्रचार सामाग्री, गोष्ठी, अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालन लगायत गरी कुल तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सकिनेछ आयोगले जनाएको छ ।

उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यसबाट खर्च गर्नुपर्नेछ । राष्ट्रिय सभाका १९ सिटका लागि माघ ११ मा निर्वाचन हुँदैछ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.