नागरिक उन्मुक्तिको महासचिवमा गङ्गाराम चौधरी

धनगढी- नागरिक उन्मुक्ति पार्टीको महासचिवमा प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी निर्वाचित भएका छन् । महासचिवमा तीन जनाले दाबी गरेका भएपनि गङ्गाराम निर्विरोध निर्वाचित भएका हुन् ।

maya metro hospital

महासचिवका लागि गङ्गारामसहित लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्म चौधरी र नेता ठाकुरसिंह थारुले दाबी गरेका थिए । पार्टी अध्यक्ष रेशमलाल चौधरीका अनुसार थारुले उम्मेदवारी फिर्ता लिए भने भौतिक पूर्वाधार मन्त्री चौधरीलाई अन्य जिम्मेवारी दिने सर्तमा महासचिवको जिम्मेवारी गङ्गारामलाई दिइएको हो ।

citizen security services

कैलालीको टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनमा यसअघि महासचिव टुङ्गो नलाग्दै अध्यक्षसहित २४ पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए ।

 

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.