राष्ट्रिय सभाका निर्वाचनका लागि सुदूरपश्चिममा प्रदेश समन्वय समिति गठन

अत्तरिया – राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवारहरुलाई विजयी गराउन प्रदेश समन्वय समिति गठन भएको छ । यही माघ ११ गते हुने निर्वाचनमा सुदूरपश्चिमका सत्ता गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन नेपाली कांग्रेसका प्रदेश कार्यसमिति महामन्त्री मेघराज खड्काको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको हो ।

maya metro hospital

समितिमा ने.क.पा. माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कार्यसमितिका सचिव, जनक बहादुर बुढा, ने.क.पा. समाजवादीका सुदूरपश्चिम प्रदेश कार्यसमिति सचिव दिनेशचन्द्र सुवेदीलाई सदस्य तोकिएको छ । सत्ता गठबन्धनकै दल नागरिक उन्मुक्ति पार्टी बाट भने पछि पदाधिकारी थपिने बताईएको छ ।

citizen security services

शुक्रबार नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति विर बहादुर बलायरको अध्यक्षतामा बैठक बसेको थियो । उक्त बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउन समिति गठन गरेको थियो । बैठकमा नेकपा समाजबादीका केन्द्रीय सदस्य दिर्घबहादुर सोडारी, नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी, नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति महामन्त्री नर नारायण शाह (मनु) लगायतको उपस्थिति रहेको थियो ।

attariya hospital

उक्त समितिले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारलाई विजयी गराउन प्रदेशका ९ वटै जिल्लाका सत्ता गठबन्धन दलका प्रमुख संग समन्वय गरी स्थानीय पालिका प्रमुख तथा उप–प्रमुख संग परामर्श र छलफल गर्ने बताईएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.