उत्कृष्ट नतिजा ल्याउने गोदावरीका विद्यालय र विद्यार्थी सम्मानित

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले नगरभित्र उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मानित गरेको छ । शुक्रबार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा शैक्षिक सत्र २०७९ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक र संस्थागत विद्यालय, विद्यार्थी र अवकाश पाएका शिक्षकलाई सम्मानित गरिएको हो ।

maya metro hospital

सम्मानित हुने विद्यालयमा कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने सरस्वती मावि सेहरी, दुर्गालक्ष्मी मावि, एभरेष्ट एकेडेमी, सत्यवती एकेडेमी, वेष्ट्रर्न जेनियस रहेका छन । त्यस्तै कक्षा १० मा उत्कृष्ट नजिता ल्याउने घण्टेश्वर मावि अत्तरिया, सरस्वती मावि गेटा, एभरेष्ट एकेडमी अत्तरिया रहेका छन । कक्षा १२ मा उत्कृष्ट नजिता ल्याउने सरस्वती मावि र सत्यवती एकेडेमी रहेका छन । उक्त विद्यालयहरूलाई कार्यक्रमका प्रमुख अतिथि रहेका नगरप्रमुख विरेन्द्र भट्टले सम्मानित गरेका थिए ।

citizen security services

कार्यक्रममा कक्षा ८, १० र १२ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक र संस्थागत तर्फका विद्यार्थीलाई पनि सम्मानित गरिएको छ । सम्मानित हुनेमा सामुदायिक तर्फ कक्षा १२ बाट सरस्वती माविका छात्र कमल कुमार चौधरी, सरस्वती माविकै छात्रा कंञ्चल ढुङ्गाल र संस्थागत तर्फ सत्यवती एकेडेमी अत्तरियाका छात्र पारस धामी, छात्रा मनिषा खड्का रहेका छन ।

attariya hospital

सम्मानित हुनेमा कक्षा १० बाट सामुदायिक तर्फ सरस्वती मावि गेटाका छात्र सन्जु भट्ट, घण्टेश्वर माविका छात्रा मुकेश भट्ट र संस्थागत तर्फ एभरेष्ट एकेडेमीका छात्रा पेन्सी भट्ट, छात्रा रविन्द्र धामी रहेका छन ।
सम्मानित हुनेमा कक्षा ८ बाट सामुदायिक तर्फ सरस्वती मावि सेहरीका छात्र दिवेश जोशी, दुर्गालक्ष्मी मावि छात्रा सुरक्षा भट्ट र संस्थागत तर्फ एभरेष्ट एकेडेमीका छात्र जोनिशा चौधरी, अपेक्षा विष्ट, विभूती कडायत, छात्र तर्फ निर्मल जोशी रहेका छन ।

कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा अवकाश प्राप्त शिक्षक ६ जना शिक्षकलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेमा ग्वासी माविबाट अवकाश पाएका शिक्षक वीरवल चौधरी, सरस्वती मावि सेहरीबाट अवकाश पाएका शिक्षक धरणीधर विनाडी, दुर्गा मावि कोल्मुडाबाट अवकाश पाएका शिक्षक डबल बहादुर खत्री, दुर्गाभवानी मावि हरैयाबाट अवकाश पाएका शिक्षक खगराज नौन्याल, मागेश्वर आवि विजौराबाट अवकाश पाएका शिक्षक धनश्याम ओझा र राष्ट्रिय मावि बास्कोटाबाट अवकाश पाएका शिक्षक नन्दा जोशी रहेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.