अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा गोदावरी नगरपालिकाको आयोजनामा शुक्रबार देखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका प्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका छन । २१ सामुदायिक र २१ संस्थागत गरी ४२ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिता पुस २९ गते सम्म संचालन हुने छ ।


प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेल खेलाइने जनाइएको छ । प्रतियोगिता सरस्वती माबी गेटामा संचालन भईरहेको छ ।