राइट प्रसन राइट प्लेसमा हुन आवश्यक छ : रमेश प्रसाईँ

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टीका सह प्रवक्ता रमेश प्रसाईँले देशको विकासका लागि राइट प्रसन राइट प्लेसमा हुन आवश्यक रहेको बताए । अत्तरियामा प्लानेट भिटिका विद्यार्थीहरू सँग साक्षात्कार गर्दै प्रसाईँले देश विकासका लागि उपयुक्त मानिस सही ठाउँमा पुग्न आवश्यक रहेको बताए ।

maya metro hospital

उनले नेपालका ठूला मात्रै नभएर साना पदहरूमा पनि दक्ष मानिस नहुँदा देशको विकासमा बाधा परेको बताए ।

citizen security services

उनले लोक सेवामा पनि धेरै जिके जानेकोलाई छनोट गरिदै आएकोमा त्यसले मात्रै उपयुक्त मानिस सही ठाउँमा नपुग्ने बताए । उनले रास्वपाले युवालाई पहिलो प्राथमिकता दिएको बताए । उनले युवा काँचो माटो नभएर सयम अनुसार अपडेटिट हुने बताए ।

attariya hospital

उनले भने ‘अपडेटिट युवाले अहिलेको प्रविधि अनुसार काम गर्छ । त्यसैले युवालाई नेतृत्वमा ल्याउन आवश्यक छ ।’ सबै नेता उस्तै हुन भन्ने सहभागिताको प्रश्नको जवाफ दिदैं प्रसाईँले रास्वपाको चरित्र हेरेर त्यो आरोप लगाउने आधार नभेटिने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.