राष्ट्रिय सभा उम्मेदवारको नामावली आज प्रकाशित हुँदै

काठमाडौँ- आउँदो माघ ११ गते राष्ट्रिय सभा सदस्य चुनाव लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदैछ ।

maya metro hospital

उम्मेदवारमाथिको उजुरी जाँचबुझ सकेर आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ । भोलि नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् । भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ ।

citizen security services

राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि गएको सोमवार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए । उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते प्रदान गरिने छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.