सुदूरपश्चिम संसदीय समितिले नेतृत्व पाउँदै

अत्तरिया – एक वर्ष देखि नेतृत्व विहीन सुदूरपश्चिमका संसदीय समितिले आज पूर्णता पाउँदै छन । दलहरू बीच भागबन्डा नमिलेर एक वर्ष देखि नेतृत्व विहीन समितिले दलहरूबीच भएको सहमति सँगै पूर्णता पाउन लागेका हुन । संसदीय समितिको नेतृत्व चयनका लागि तोकिएको कार्यतालिका अनुसार मंगलबार चार जनाको मात्रै उम्मेदवारी परेको छ ।

maya metro hospital

४ समितिका लागि ४ जनाको मात्रै उम्मेदवारी परेपछि निर्वाचन कार्यतालिका अनुसार बुधबार निर्विरोध निर्वाचित भएको घोषणा गरिने जनाइएको छ । दलहरू बीच भएको सहमति अनुसार नेपाली कांग्रेसले विधायन तथा प्रदेश मामिला, नागरिक उन्मुक्ति पार्टीले प्राकृतिक स्रोत र एकीकृत समाजवादीले सामाजिक विकास समितिको सभापति लिने सहमति भएको छ । सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दल एमालेलाई दिने र थपिने विशेषाधिकार समितिको सभापति माओवादी केन्द्रले लिने समझदारी बनेको कांग्रेस प्रदेशसभा सदस्य मेघराज खड्काले बताए ।

citizen security services

सत्तारुढ गठबन्धनमा भागबन्डा मिल्न नसक्दा प्रदेशसभाका विषयगत समितिको नेतृत्व ज्येष्ठ सदस्यले गर्दै आएका थिए । सत्तारुढ दलहरूबीच विशेषाधिकार समिति थप गरेर भागबन्डा मिलाएसँगै प्रदेशसभाका विषयगत समितिहरूले एक वर्षपछि नेतृत्व पाउने भएका छन् ।

attariya hospital

कांग्रेसले विधायन समितिको सभापतिमा दिवानसिंह बिष्ट, नाउपाले प्राकृतिक स्रोत समितिको सभापतिमा संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादीले सामाजिक विकास समितिको सभापतिमा माया पन्तको नाम टुंगो लगाएका छन् ।

यस्तै एमालेले लेखा समितिको सभापतिमा वीरबहादुर थापाको नाम अघि सारेको छ । विशेषाधिकार समिति भने केही दिनमा बन्ने छ । प्रदेशसभा सञ्चालन नियमावलीअनुसार नै विशेषाधिकार समिति गठन गर्ने सहमति भएको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले बताए । ‘ऐन, नियमावली संशोधन गर्नु पर्दैन,’ भट्टले भने, ‘प्रदेशसभा नियमावलीमा भएको व्यवस्थाअनुसार नै गठन गर्ने सहमति भएको हो ।’

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.