कृष्णपुरमा १४औ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा १४औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । नगरपालिकाको आयोजनामा कृष्ण माध्यामिक विद्यालयको प्राङगणमा मंगलबारबाट प्रतियोगिता शुरु भएको हो ।

maya metro hospital

प्रतियोगीताको एक कार्यक्रमका बिच परराष्ट्रमन्त्री एनपि साउँदले उद्घाटन गरे । उद्घाटन पश्चात बोल्दै उनले खेलकुदको अर्थ अनुशासन भएकाले उच्च अनुशासित हुनुपर्ने बताए । उनले शिक्षालाई प्राविधिक र व्यवसायीक बनाउन आवश्यक रहेको बताए । ‘शिक्षालाई व्यवसायीक बनाउनका लागि प्राविधिक र गुणस्तरिय बनाउन आवश्यक छ’ उनले भने ‘आफै रोजगारी सृजना गर्ने वातावरण सृजना हुने गरी सीपयुक्त शिक्षा दिनु आजको आवश्यकता हो ।’

citizen security services

attariya hospital

फरक प्रसंगमा बोल्दै उनले महाकाली परियोजना र पञ्चेश्वर परियोजनाको काम संगै अघि बढाउने बताए । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा एक महिनाभित्र महाकाली र पञ्चेश्वर परियोजनाको काम अघि बढाउने समझदारी भएको उनले बताए । महाकाली परियोजनाबाट ६ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादनका साथै यस क्षेत्रमा रोजगारी पनि सृजना गर्ने उनको भनाइ छ । १० वर्षभित्र १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने तयारी भएको बताउदै उनले नेपालबाट भारत विद्युत निर्यात गर्न सके देशको अर्थतन्त्र पनि सुधारिने बताएका छन ।

कृष्णपुर नगरका मेयर हेमराज ओझाले राष्ट्रिय कार्यतालिका अनुरुप नगरपालिकाले प्रतियोगिता शुरु गरेको बताए । उनले विद्यार्थीहरुको खेलकुद प्रतिको रुची जागरुक बनाउन पनि यस्ता प्रतियोगीताहरु आवश्यक रहेको बताए । उनले उक्त प्रतियोगीतामा १३ सामुदायीक र १२ संस्थागत गरि २५ विद्यालयको सहभागिता रहेको बताए । नगरप्रमुख ओझाका अनुसार अन्तर विद्यालयपछि पालिका स्तर र त्यसपछि जिल्ला स्तरको प्रतियोगिता समेत कृष्णपुर नगरपालिकामा नै आयोजना हुनेछन । मंगलबार प्रतियोगीताको उद्घाटन पश्चात १ हजार ५ सय मिटरका दौड प्रतियोगिताहरु सम्पन्न भएका छन । बुधबार पनि विभिन्न खेलकुद प्रतियोगिता हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.