धनगढी- नेकपा माओवादी केन्द्रकी नेतृ रेणु चन्दले सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएकी छन् ।
उनले सोमबार धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनको समर्थकमा उद्योग राज्यमन्त्री गीता माल र प्रस्तावकमा प्रदेश सभा सदस्य जानकीदेवी कुँवर रहेका छन् ।