अत्तरिया- दार्चुलामा एक महिलाको शव फेला परेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका-९ स्थित पथरानी रुक्साल खोलामा सोमबार बिहान एक महिलाको शव पाइएको प्रहरीले बताएको छ ।


जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ती महिलाको परिचय भने खुलेको छैन । अन्दाजी ३५ वर्षीया ती महिला भिरबाट खसेर मृत्यु भएको अवस्थामा फेला परेकी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
