सेनाले अत्तरिया बसपार्कको क्षेत्र छोड्नुपर्छ : मेयर भट्ट 


अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टले अत्तरियाको बसपार्क क्षेत्र नेपाली सेनाले छोड्नेपर्ने बताएका छन । शनिबार गोदावरी नगरपालिका – ८ स्याउलेमा रहेको जयलक्ष्मी ग्रामीण विद्युत सहकारीको १९ औं वार्षिक साधारणसभामा बोल्दै नगरप्रमुख भट्टले नेपाली सेनाले बसपार्क क्षेत्र छोड्नु पर्ने बताएका हुन । 

Karma Consultancy
belauri nagarpalika

‘अत्तरियामा रामो बसपार्क मात्रै निर्माण गर्न सक्ने हो भने हामीले त्यसबाट वार्षिक १५/२० करोड आम्दानी गर्न सक्छौँ’ उनले भने ‘तर यो जग्गा आर्मीले मेरो हो भन्छ । लामिताल आर्मीले मेरो हो भन्छ । दक्षिण तर्फ सशस्त्रले मेरो जग्गा भन्छ । हामीले केही गर्न चाहेर पनि काम गर्न नसकिरहेको अवस्था छ । नेपाली सेना अत्तरियाको विकासको बाधक होइन भने सेनाले बसपार्क छोड्नु पर्छ हामीले बसपार्क बनाउन पाउनुपर्छ ।’ 

citizen security services

उनले नगरको आम्दानी नभएकाले विकास निर्माणका काम गर्न समस्या भएको बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.