खाेज्नुहाेस

टीकापुरमा नागरिक उन्मुक्तिले प्रथम राष्ट्रिय अधिवेशन गर्दै

Image

धनगढी- नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशन गर्ने भएको छ । पार्टीले पुस २६, २७ र २८ गते प्रथम अधिवेशन गर्ने भएको हो ।

navjiwan hospital

अधिवेशनको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड) कैलाली आउने भएका छन् । उनीसँगै पार्टीका शीर्ष नेताहरू टीकापुर आउने पार्टीका संरक्षक रेशमलाल चौधरीले बताए । भारतीय जनता पार्टीका प्रतिनिधिहरू पनि टीकापुर आउने छन् ।

attariya hospital

चौधरीले भने, ‘प्रमुख अतिथि प्रधानमन्त्री हुनुहुन्छ । माधव नेपाल, बाबुराम भटराई, सिके राउत र उपेन्द्र यादवले आउने बताउनु भएको छ । केपी ओलीलाई निम्तो दिएका छौ । फेरि भेट गर्छु । शेरबहादुर देउवाले सन्देश पठाउने कुरा भएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री ज्यू आउनुहुन्छ ।’

धनगढीमा बुधवार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै चौधरीले अधिवेशनमा आठ हजार प्रतिनिधि टीकापुर आउने बताए ।