सुदूरपश्चिमबाट राष्ट्रिय सभा निर्वाचनको लागि कांग्रेसले पठायो ८२ जनाको नाम

धनगढी – सुदूरपश्चिमबाट राष्ट्रिय सभा निर्वाचनको लागि नेपाली कांग्रेसले ८२ जनाको नाम सिफारिस गरेको छ । कांग्रेसको सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिमको ३ सिटका लागि ८२ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको हो ।

Karma Consultancy

जिल्ला तहबाट सिफारिस भइ आएका नामावलीलाई प्रदेश समितिले पनि जस्ताको त्यस्तै केन्द्रीय समितिलाई पठाएको बताईएको छ । कांग्रेस सुदूरपश्चिम महामन्त्री नरनारायण शाहले जिल्लाकै सिफारिसलाई सदर गर्दै केन्द्रमा पठाएको जानकारी दिए । प्रदेश समितिले सिफारिस गरेका नामहरुमा सबैभन्दा बढी कैलालीबाट परेका छन भने सबैभन्दा कम बझाङबाट परेका छन । कैलालीबाट १६ जनाको नाम राष्ट्रिय सभा निर्वाचनका लागि सिफारिस हुँदा बझाङबाट एक जनाको मात्रै नाम सिफारिस गरिएको छ ।

citizen security services

त्यस्तै कञ्चनपुरबाट ८ जना, डोटीबाट ११ जना, डडेल्धुराबाट ५ जना, बैतडीबाट ८ जना, दार्चुलाबाट ९ जना, अछामबाट १४ जना र बाजुराबाट १० जनाको नाम सिफारिस गरिएको प्रदेश समितिले जनाएको छ । प्रदेश समितिले जिल्ला तहले पठाएको सिफारिसमा कुनै हेरफेर नगरेर केन्द्रमा पठाएपछि आकांक्षीहरुको दौडधुप बढेको छ । उनीहरुले निर्वाचनका लागि शिर्ष नेताहरुसँग लविंग बढाएका छन ।

attariya hospital

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुनमा सकिँदैछ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी इन्दु कडरिया (कञ्चनपुर) को पदावधि सकिन लागेको छ । उक्त स्थानमा पदपुर्तिका लागि माघ ११ गते निर्वाचन हुदैछ ।

तर सत्तारुढ गठबन्धन दलहरूबीच भने अझै सिट संख्या बाँडफाँडबारे ठोस निर्णय भइसकेको छैन । आ–आफ्नो दलबाट सम्भावित उम्मेदवार छनोट कार्य गठबन्धनका दलहरुले अगाडि बढाएका हुन् । २०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथामा त्यतिबेला ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० गते सकिन लागेको हो ।

राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सरकारले माघ ११ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको छ । पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.