
दार्चुला- दार्चुलाको एक घरमा आगलागी भएको छ । जिल्लाको नौगाड गाउँपालिका-६ धुलिगडा मझगाँउका जयसिंह धामीको घरमा आगलागी भएको हो ।

धामीको २ तले ६ कोठे घरमा बिजुलीको तार सट भई सोमबार आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
