खाेज्नुहाेस

एन प्याब्सनको कैलाली जिल्ला अध्यक्षमा साउँद चयन

Image

अत्तरिया – राष्ट्रिय निजि तथा आवाशिय विद्यालय एसोसियसन नेपाल (एन प्याब्सन) को कैलाली जिल्ला अध्यक्षमा ललित साउँद चयन भएका छन । शनिबार कैलालीको गोदावरीमा सम्पन्न एन प्याब्सनको नवौँ जिल्ला अधिवेशनले साउँदलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

navjiwan hospital

अधिवेशनले साउँदको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा बरुण बिष्ट र मदनराज ओझा, सचिवमा चेतराज कुँवर, कोषाध्यक्षमा जयराम भण्डारा, सह सचिवमा रमेश बि.क र सह कोषाध्यक्षमा हेमराज अम्मै रहेका छन । त्यस्तै सदस्यहरुमा निर्मला बि.क, विश्व प्रताप चौधरी, जय बहादुर खत्री, गोपाल मोक्तान, मनिराम धामी, तुलाराम आचार्य र रमेश जेठारा चयन भएका छन । एक जना सदस्य मनोनित गर्न बाँकी रहेको नव नियुक्त अध्यक्ष साउँदले बताए ।

attariya hospital

अधिवेशनले केन्द्रिय प्रतिनिधीको रुपमा श्याम कुँवरलाई तोकेको छ । एन प्याब्सनका कैलाली जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद चाँपागाईको सभापतित्वमा सम्पन्न अधिवेशनमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँद प्रमुख अतिथि रहेको थिए । अधिवेशनमा विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधि एवम् एन प्याब्सनमा आवद्ध सदस्यहरुको सहभागीता रहेको थियो ।