अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले स्थानीय स्तरमा उत्पादित दुना टपरी बिक्री नभए आफूले जिम्मा लिने घोषणा गरेका छन् । गोदावरी नगरपालिका – ४ मा दुना टपरी बनाउने तालिमका क्रममा मेयर भट्टले यस्तो घोषणा गरेका हुन् ।

‘स्थानीय स्तरमा दुना टपरी बनाए पश्चात् बजारमा बिक्री बितरण भई तालिममा सहभागीले लाभ लिने कुरामा हामी ढुक्क छौ, यदि अत्तरिया –धनगढी बजारमा उत्पादन दुना टपरी बिक्री बितरण हुन नसके गोदावरी नगरपालिका त्यसको बजारीकरण एवम् व्यवस्थापनको जिम्मा लिन्छ’ मेयर भट्टले भने ।

दुना टपरी तालिमले गाउँ बस्तीमा रहेका महिलाहरूलाई रोजगार सँग जोड्न भूमिका खेल्ने सहभागीहरूले अपेक्षा व्यक्त गरेका छन् ।
महिला विकास कार्यक्रम अन्तरगत गोदावरी नगरपालिका – ४ को आर्थिक सहयोगमा बास्कोटा सामुदायिक वनले १ हप्ते तालिमको आयोजना गरिएको हो । दुना टपरी बनाउने तालिममा ३५ जना सहभागी थिए ।














