दार्चुलामा लडेर युवकको मृत्यु

दार्चुला – अपीहिमाल गाउँपालिका–६ मा सडकबाट लडेर युवकको मृत्यु भएको छ । शुक्रबार बिहान सिप्टी तपोवन सडक खण्डबाट तल खसेर स्थानीय १८ वर्षीय अशोकसिंह धामीको मृत्यु भएको हो ।

maya metro hospital

प्रहरी कार्यालय दार्चुलाका अनुसार सिप्टी तपोवन सडक खण्डमा ग्वालेक निर्माण सेवा कम्पनीको बा ३ क ४१९८ नम्बरको एक्स्काभेटरका सहयोगीका रुपमा काम गर्दै आएका धामीको लडेर घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द भण्डारीका अनुसार सोही सडक खण्डमा हिँडिरहेका बेला धामी खसेर करिब ५ सय मिटर तल खसेका थिए ।

attariya hospital

घटनाबारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक मानसिंह ऐरीको टोली खटिएको छ । शवलाई पोष्टमार्टमका लागि मार्मा गाउँपालिकास्थित लटिनाथ स्वास्थ्यचौकीमा राखिएको छ ।

 

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.