हेटौँडा- शुक्रबार हेटौंडामा भएको ‘अन्तर प्रदेश मुख्यमन्त्री बैठक’ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने निर्णय गरेको छ । निर्णयअनुसार सातै प्रदेशका मुख्यमन्त्रीहरुले शनिबार बिहान ८ बजे प्रधानमन्त्रीसँग भेटेर छलफल गर्नेछन् ।
बैठकमा प्रधानमन्त्रीसँग भेटघाट गर्ने र आफ्ना माग राख्ने विषयमा छलफल भएको हो । बिहीबारबाट सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला भएका छन् । केन्द्र सरकारले आवश्यक कानुन बनाएर अधिकार हस्तान्तरण नगरेको भन्दै भेला भएका हुन् ।
संघीयता कार्यान्वयनमा आएको लामो समय भइसक्दा पनि महत्त्वपूर्ण कानुन नबन्दा प्रदेश सरकार अधिकार सम्पन्न हुन नसकेको मुख्यमन्त्रीहरूको गुनासो छ ।