कैलाली- सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट शुक्रबार गृह जिल्ला बैतडी जाँदैछन् । उनी आज दिउँसो ४ बजे बैतडी पुग्ने बताइएको छ ।
मन्त्री भट्ट भोलि १४ गते केदारेश्वर मावि दुर्गास्थानको वार्षिकोत्सवमा सहभागी हुने कार्यक्रम छ । त्यस्तै, पौष १५, १६ र १७ गते पाटन–पञ्चेश्वर सडकको अनुगमन गर्ने र १८ गते मेलौली–उग्रतारा सडकको अनुगमन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।
पौष १९ गते सदरमुकाममा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी भई २० गते धनगढी फर्कने बताइएको छ ।