खाेज्नुहाेस

एमाले कृष्णपुरको कार्यवाहक अध्यक्षमा ललित साउद

Image
navjiwan hospital

कञ्चनपुर- नेकपा (एमाले) कृष्णपुर नगर कमिटीको कार्यवाहक अध्यक्षको जिम्मेवारी ललित साउदले पाएका छन् । हरियाली सामुदायिक वन गुलरीयाको सभाहलमा बिहीवार बसेको बैठकले साउदलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

नगर कमिटीको पूर्ण बैठकबाट नगर कमिटी सचिव रहेका साउदले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् । बैठकले नगर कमिटी सदस्य महेन्द्र रोकायालाई कार्यवाहक सचिवको जिम्मेवारी समेत दिएको छ ।

attariya hospital