अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट ६२३ जनाले निःशुल्क पुस्तक पढ्न पाएका छन । नगरपालिकाले ३ वर्ष अघि सञ्चालनमा ल्याएको लाइब्रेरीबाट ६२३ जनाले निःशुल्क पुस्तक पढ्न पाएका हुन ।
नगरपालिकाले स्थानीयलाई निःशुल्क पुस्तक पढ्नको लागि उपलब्ध गराउन २०७८ असारमा लाइब्रेरी स्थापना गरेको थियो । लाइब्रेरीबाट १५ दिनका लागि निःशुल्क पुस्तक पढ्न दिइने लाइब्रेरियन किर्ती हमालले बताए ।
उनका अनुसार लाइब्रेरीबाट आर्थिक वर्ष आर्थिक वर्ष २०७८/०७९ मा २७८ जना, २०७९/०८० मा २२८ र चालु आर्थिक वर्षको हालसम्म ११७ जनालाई निःशुल्क पुस्तक पढ्न उपलब्ध गराइएको छ । उनले पुस्तक पढ्न चाहनेको ठेगाना र फोन नम्बर राखेर १५ दिन पढ्नका लागि पुस्तक उपलब्ध गराइने बताए ।
पुस्तकालयमा २ हजार ५ सय बढी पुस्तक राखिएका छन । जसमा साहित्य, लोकसेवा, धार्मिक लगायतका पुस्तक रहेको लाइब्रेरियन हमालले बताए ।