दार्चुलामा आगलागी हुँदा ४ महिनाका बालकको मृत्यु
दार्चुला – दार्चुलामा घरमा आगलागी हुँदा जलेर चार महिनाका बालकको मृत्यु भएको छ । बुधबार साँझ नौगाड गाउँपालिका(३ होपरीगाड बस्ने रणबीर टमटाको घरमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा उनका चार महिनाका छोरा विजयको मृत्यु भएको हो ।
विजयको जलेर घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । आगलागीबाट घरमा रहेका खाद्यान्न, भाडावर्तन, लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भएका छन् ।
स्थानीयको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको जनाएको छ ।