चुरेले खेलकुदलाई प्राथमिकतामा राखेको छ : अध्यक्ष बोगटी

अत्तरिया – कैलालीको चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन । चुरे गाउँपालिकामा मंगलबार देखि सुरु भएको राष्ट्रपति इनिङ्ग सिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष बोगटीले खेलकुदलाई प्राथमिकतामा राखेसँगै चुरेमा खेलकुदका गतिविधि पनि बढेको बताए ।

maya metro hospital

‘चुरेमा यसअघि सम्म ८ लाख मात्रै बजेट विनियोजन गरिदै आएको थियो’ उनले भने ‘चालु आर्थिक वर्षमा हामीले ३० लाख बजेट विनियोजन गरेका छौ । खेलकुद प्रतियोगिता पनि बढेका छन ।’ चुरेमा खेलकुदको विकासका लागि प्रशिक्षकको पनि व्यवस्था गरेको उनले बताए । उनले चुरेमा कभर्डहल र खेल मैदानको अभाव भएकाले त्यसलाई आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता जनाए ।

उनले स्वास्थ्य रहनको लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताए । ‘खेलकुदमा हार जित मात्रै नभएर खेलकुदले अनुशासनमा रहन पनि सिकाउन्छ’ उनले भने ‘बालबालिकालाई कुलतबाट जोगाउनको लागि पनि खेलकुदको महत्त रहेको छ ।’

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.