खाेज्नुहाेस

अत्तरिया गोलिकाण्डको १ वर्ष पुरा : घटना अझै रहस्यको गर्भमै

Image

अत्तरिया – कैलालीको अत्तरियामा दिनदहाडै भएको गोलिकाण्डको घटना अझै रहस्यको गर्भमै छ । एक वर्ष अगाडि पुस ३ गते साँझ अत्तरियाको पुर्व रोडमा भएको गोलिकाण्ड घटनाको अझै पनि प्रहरीले अनुसन्धान जारी राखेको जनाएपनि घटनाको रहस्य भने पत्ता लाग्न सकेको छैन ।

सशस्त्र प्रहरीको बाहिनी देखि करिब १ सय मिटर र इलाका प्रहरी कार्यालय देखि करिब ७ सय मिटरको दूरीमा राजमार्गमै गोली प्रहार गरी सुन व्यवसायीको ३५ तोला सुन लुटिएको थियो । गोली लागेर सुन व्यवसायी विकास सुनार घाइते भएका थिए । अत्तरियामा रहेको घोडाघोडी सुन चाँदी पसलका सञ्चालक सुनार माथि साँझ पसल बन्द गरेर घर जाँदै गर्दा आक्रमण भएको थियो । मोटरसाइकलमा सवार सुनार माथि गोली प्रहार गरी लुटेर फरार भएका थिए । प्रहरीको घेरामै गोली प्रहरी गरि भएको लुटपाटको घटनामा १ वर्ष बितिसक्दा पनि अभियुक्त पक्राउ परेका छैनन् । घटनापछि व्यवसाय गर्ने वातावरण नभएको भन्दै अत्तरियाका व्यवसायी आन्दोलित भएपनि पछि सबै सेलाएका छन ।

add everest academy
attariya hospital

प्रहरीले घटनापछि अनुसन्धानका लागि छुटै टोली नै परिचालन गरेको भएपनि अझै अपराधी नजिक प्रहरी पुग्न सकेको छैन । अत्तरियामा पसल बन्द गरेर घरमा जादै गरेका सुनार माथि उनको पसल बाटै २ जनाले मोटरसाइकलमै पिछा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो । पसल नजिकैको सिसिटिभी क्यामेरामा उनीहरु कैद भएपनि पहिचान भने हुन सकेको थिए । चोक र बाटोभरि सिसिटिभी क्यामेरा भएपनि ति सबै बिग्रिएकाले लुटेरा सहजै फरार हुन सफल भएका थिए ।

अत्तरियाको धनगढी रोडमा रहेको पसलबाटै लुटेराले सुनारलाई पिछा गरेर करिब १ किलोमिटर अगाडि पूर्व रोडमा गोली प्रहार गरेको तथ्य प्रहरीले फेला पारेको भएपनि अन्य कुनै प्रमाण फेला परेका छैनन् ।

अनुसन्धान जारी रहेको प्रहरीले बताउने गरेको भएपनि लुटेरा सम्म प्रहरी कहिले पुग्छ टुङ्गो छैन । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले घटनाको अनुसन्धान जारी रहेको बताएका छन । उनले इलाका प्रहरी कार्यालय मालाखेतीको सँगै जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयले यस घटनाको अनुसन्धान गरिरहेको बताए । ‘अहिले सम्म ठ्याक्कै अपराधी सम्म हामी पुग्न सकेका छैनौ’ उनले भने ‘घटनाको अनुसन्धानका लागि हाम्रो सूचना संकलन टिम, प्रदेशको टिम, जिल्लाको टिम लागेको छ ।’

attariya technical collage

गोलिकाण्ड घटनाको चौथो दिन अत्तरियामा सहकारीमा भएको चोरीको घटना पनि रहस्यमय बनेको छ । गोदावरी नगरपालिका – २ मा रहेको साना किसान कृषि सहकारीको लकर तोडेर भएको चोरीको घटनाको पनि एक वर्ष पुग्न लाग्दा चोर पक्राउ परेका छैनन् ।

navjiwan hospital

पुस ७ गते भएको उक्त चोरीको घटनामा सहकारीका क्यामेरा सहित लकरमा राखिएको ५ लाख ६८ हजार ६ सय ३ रुपैयाँ चोरी भएको थिए । सहकारीका मुख्य प्रबन्धक गोरख खत्रीले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएपनि १ वर्ष बितिसक्दा पनि चोर पक्राउ नपरेको बताए । प्रहरीले भने उक्त घटनाको पनि अनुसन्धान जारी रहेको जनाएको छ ।

सम्बन्धित समाचार

अत्तरिया गोलिकाण्ड घटना : प्रहरी जहाँको त्यही

अत्तरिया गोलिकाण्ड : व्यापारीहरुको संयमित आन्दोलन जारी, प्रहरीको अनुसन्धान शून्यमै

गोलिकाण्ड पछि अत्तरियाका सुनचाँदी पसल बन्द, चोकका सिसिटिभि क्यामेरा बिग्रीदा अनुसन्धानमा समस्या

अत्तरियाको शुरक्षा माथि प्रश्न : न चोर पक्राउ परे, न लुटेरा

असुरक्षित बन्दै अत्तरिया, बेकामे प्रविधि