विद्यालयस्तरमा यौनिकता शिक्षालाई समावेश गर्न आवश्यक

अत्तरिया – विद्यालयस्तरमा यौनिकता शिक्षालाई समावेश गरिनुपर्ने भन्दै गोष्ठीको आयोजना गरिएको छ । यार्ड नेपालले यौनिकता शिक्षालाई विद्यालयस्तरमा समावेश गर्न किन आवश्यक छ भन्ने विषयमा जानकारी दिन गोष्ठीको आयोजना गरेको हो । गोष्ठीमा कैलालीको धनगढी  उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका प्याब्सन, एन प्याब्सन र सरकारी विद्यालयका शिक्षकहरुको सहभागीता रहेको थियो ।

maya metro hospital

गोष्ठीका प्रस्तुती राख्दै शिक्षा तालिम केन्द्र दिपायलका टेक्निकल अफीसर भिम प्रसाद पनेरुले किशोरकिशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा जानकारी दिन आवश्यक रहेको बताए । पनेरुले यौन तथा प्रजनन् स्वास्थ्य जीवनको महत्वपुर्ण पाटो भएकोले सो विषयमा किशोरावस्थादेखी नै जानकारी दिदाँ लाभदायक हुने बताए । पाठ्क्रममा पनि उत्त विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने उनको भनाई थियो ।
यार्ड नेपालले ‘राईट हियर राईट नाउ’ परियोजना सञ्चालन गरि यौनिकता शिक्षाका बारेमा जानकारी दिदै आएको छ । सो परियोजना अन्र्तगत आयोजना गरिएको गोष्ठीमा विद्यालयस्तरमा युवा तथा किशोरकिशोरीहरुलाई यौनिकता शिक्षाका बारेमा जानकारी दिदाँ हुने लाभका बारेमा समेत बताईएको थियो ।

joshi vada pasal 2

स्कुल तहमा युवा, किशोरकिशोरहिरुलाई सुहाउदो, पाठ्यक्रम केन्द्रित शिक्षा दिनुपर्छ भन्ने मान्यता आफुहरुको रहेको यार्ड नेपालका टिम लिडर महेन्द्र शाहीले जानकारी दिए । उनले सोही अन्र्तगत नै आफुहरुले यौनिकता शिक्षाको बारेमा छलफल गर्दै आईरहेको बताए । ‘वर्तमान समयमा यौनिकता शिक्षाको बारेमा जानकारी दिनु अनिवार्य भैसकेको छ’ उनले भने ‘त्यसका लागि नै विद्यालयका शिक्षकहरुसँग छलफल गरिएको हो ।’

उनले अति आवश्यक भएपनि अहिलेको विद्यालयस्तरको पाठ्यक्रममा यौनिकता शिक्षा नसमेटिएको बताए । उनले पाठ्यक्रममा समावेश नभएपनि विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप मार्फत यस्ता जानकारीहरु दिन आवश्यक रहेको बताए । उनले युवा तथा किशोरकिशोरीहरुको स्वास्थ्यसँग पनि सम्बन्धीत भएकाले यसको बारेमा छिट्टै निर्णय लिन आवश्यक रहेको बताए । लैगिंक हिंसा, प्रजनन स्वास्थ्य, सरसफाई, सम्बन्ध विस्तार लगायतका विषयहरु विद्यालय शिक्षामा जोडिनुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.