दार्चुला- दार्चुलाको ब्यास गाउँपालिका-४ सुन्सेरा खाती गाउँका धनसिंह खाती ११ दिनदेखि बेपत्ता छन् । उनी गत कार्तिक २३ गते भारतको सिम्लाबाट घर आउने क्रममा बेपत्ता भएका पारिवारिक स्रोतले बताएको छ ।
उनका आफन्त लालसिंह खातीले उनलाई कसैले फेला पारे नजिकको प्रहरीमा खबर गरिदिन आग्रह गरेका छन् ।