खाेज्नुहाेस

दार्चुलामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष र चालक घाइते

Image

दार्चुला – दार्चुलामा जिप दुर्घटना हुँदा नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी र जिपका चालक जयभान सिंह ठगुन्ना घाइते भएका छन ।

navjiwan hospital

नौगाड गाउँपालिका–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश न ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड गाउँपालिका–३ बगड जामिरमा दुर्घटना भएको थियो ।

add everest academy
attariya hospital

दुर्घटना चालक ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको छ । घाइते दुबैलाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको थियो ।