दार्चुला – दार्चुलाबाट ७ जना जुवाडे पक्राउ परेका छन्। महाकाली नगरपालिका – ५ गल्फै स्थित ३२ वर्षि केशबदत्त भट्टको घरबाट ७ जना जुवाडे पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका –५ का ३२ वर्षीय भट्ट, सोही वडाका रतनसिंह खाती, कमलसिंह ठगुन्ना, खिमानन्द भट्ट र अम्बादत्त भट्ट, जीवन भट्ट तथा कञ्चनपुरको भीमदत्त नगरपालिका –९ का जनकराज जोशी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उनीहरुको साथबाट ४३ हजार ३ सय रुपैयाँ नगदसहित तास बरामद गरिएको छ।
