दार्चुलाकाे  खलंगा पुल खुल्ने समय एक घण्टा छोट्याइयो

दार्चुला — दार्चुला सदरमुकाम खलंगास्थित नेपाल–भारत सीमा जोड्ने झोलुङ्गे पुल खुल्ने समय एक घण्टा छोट्याइएको छ । सोमबारदेखि बिहान ६ बजे खुलेर साझ ६ बजे पुल बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

maya metro hospital

जिल्ला प्रशासन कार्यालयका अनुसार यसअघि सीमा पुल बिहान ६ बजेर खुला भई साँझ ७ बन्द हुँदै आएको थियो । दिनहरू छोटिँदै गएपछि साँझको समयमा रात परेपछि पुल बन्द हुने गरेको थियो ।

joshi vada pasal 2

शीतकालीन समयमा छिट्टै अँध्यारो हुने भएकाले पनि नाका बन्द हुने समयमा हेरफेर गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । भारतसित सीमा जोडिएका अन्य पुलभन्दा यहाबाट धेरैको संख्यामा नेपाल–भारतका नागरिकहरू ओहोरदोहोर गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.