बैतडी – बैतडीको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यार्थीले विद्यालयमै मैनबत्ती उत्पादन गरेका छन । विद्यार्थीहरुको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्दै विद्यालयको आयस्रोत बढाउनका लागि विद्यालयमै मैनबत्ती उत्पादन गरिएको हो ।
उत्पादन गरिएको मैनबत्ती बजारमा ल्याउने तयारी गरिएको शिक्षक गगन धामीले बताएका छन । उनले मंगलबार देखि विद्यार्थीले उत्पादन गरेको मैनबत्ती बजारमा ल्याइने बताए ।

विद्यार्थीले उत्पादन गरेको एक हजार ५ सय १६ प्याकेट मैनबत्ती तिहारका लागि बजारमा पठाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिएका छन ।

मैनबत्ती स्थानीय बजार खोडपे, पाटन, पुर्चौडी, गाँजरीलगायत बजारमा बिक्रीका लागि पठाईने उनले बताए ।