खाेज्नुहाेस

अत्तरियाबाट बसहरूमा क्षमताभन्दा बढी यात्रु कोचेर पहाड पठाइँदै

Image

अत्तरिया – दशैँ नजिकिए सँगै तराइबाट पहाड जाने यात्रुको चाप बढेको छ । तराइका जिल्ला कैलाली कञ्चनपुरबाट पहाडी जिल्लामा जाने यात्रुको चाप बढेपछि अत्तरिया बसपार्क भरिभराउ भएको छ । यात्रुको चाप बढेपछि सवारी धनीले क्षमता भन्दा बढी यात्रु पठाउन थालेका छन । टिकट काउन्टरबाटै सिट भन्दा बढी यात्रुको टिकट काटेर यात्रुलाई कोचेर पठाउने गरिएको हो । अत्तरियाबाट अछाम जाँदै गरेका सहदेव बिष्टले टिकट नै नपाएपछि बसको ग्यालरीमा यात्रा गर्नुपर्ने बाध्यता आएको बताए । उनले बसपार्कको काउन्टरले सिट नम्बरमा ग्यालरी लेखेर टिकट दिएको बताए ।

‘टीकापुरबाट टिकट नपाएपछि लोकल बसमा अत्तरियाबाट टिकट काट्ने गरी आएको थिए’ उनले भने ‘यहाँ आउँदा पनि सिटको टिकट छैन भनेर ग्यालरीको टिकट काटिदिए ।’

add everest academy
attariya hospital

उनले ३ जना बच्चाहरू साथमा भएकाले कसरी यात्रा गर्ने भन्ने समस्या भएको बताए । उनले चाडपर्व मनाउन पहाड आउने बेला निकै दुःख पाइने गरेको बताए । ‘जहिले पनि चाडपर्वको बेला यात्रा गर्दा यस्तै समस्या भोग्नुपर्छ’ उनले भने ‘चाडपर्वको समयमा थप बस सञ्चालन गरिदिएको भए सहज हुने थियो ।’ अर्का यात्रु कुम्भ राज जोशीले पनि टिकट पाउन निकै समस्या भएको बताए । धनगढीबाट बझाङको यात्रा गरिरहेका उनले धनगढी अत्तरियाबाट टिकट नपाएपछि महेन्द्रनगरबाट टिकट काटेर ल्याएको बताए ।

navjiwan hospital

‘कैलालीमा बझाङका मान्छे धेरै छन । यताबाट टिकट पाउन समस्या हुन्छ’ उनले भने ‘महेन्द्रनगरमा बझाङका मान्छे कम बस्ने भएकाले टिकटका लागि त्यता गएको थिए । बल्ल बल्ल टिकट पाइयो ।’ उनले चाडपर्वको समयमा यात्रा गर्दा जहिल्यै यस्तै सास्ती खेप्नुपर्ने बाध्यता रहेको बताए । चाडपर्वका समयमा सरकारले थप गाडीको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।

attariya technical collage

उनले टिकट बढी नलिएपनि धनगढीको मान्छेले महेन्द्रनगरबाट टिकट काट्दा आर्थिक रुपमा पनि भार थपिएको बताए ।
अत्तरियादेखि गोकुलेश्वर जाँदै गरेका अर्जुन सिह धामीले पनि चाडपर्वको समयमा टिकट पाउन समस्या नै हुने गरेको बताए । धनगढी घर भएका उनले त्यहाँ टिकट नपाइएपछि अत्तरिया आएर टिकट काटेको बताए ।

सुदूरपश्चिमको जक्सनको रुपमा रहेको अत्तरिया बसपार्क अहिले कैलाली, कञ्चनपुर सँगै पूर्वी जिल्लाबाट सुदूरपश्चिमका पहाडी जिल्ला जाने यात्रुले भरिभराउ भएको छ । अन्य ठाउँबाट टिकट नपाएका यात्रुहरू पनि पहाडी जिल्ला जानका लागि अत्तरियामा आउने गरेका छन । यहाँबाट यात्रुको चाप अनुसार थप बसको व्यवस्था नहुँदा भने उनीहरूले जोखिमपूर्ण रुपमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

क्षमता भन्दा बढी यात्रुलाई यात्रा गर्न नदिन अत्तरिया बसपार्कमा प्रहरी परिचालन गरिएको भएपनि यात्रु कोचेर पठाउने क्रम भने रोकिएको छैन ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले भने चाडपर्वलाई लक्षित गरी अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरी १० जना भन्दा बढी जनपथ प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको बताए । उनले बसहरूमा क्षमताभन्दा बढी यात्रु बसाएको अनुगमन गर्नको लागि अत्तरिया देखि गोदावरी सम्म ४ ठाउँमा प्रहरी परिचालन गरिएको बताए । उनले अत्तरिया बसपार्क भित्रबाट बसहरुले क्षमताभन्दा बढी यात्रु चढाएको भए कारवाही गरिने गरिएको बताए ।