लोटस आई क्रिकेट कप सुरु, उद्घाटन खेलमा लोटस र सैनिक आवाशिय भिड्दै

अत्तरिया – कैलालीको अत्तरियामा आजदेखी लोटस कप क्रिकेट प्रतियोगीता सुरु भएको छ । अत्तरिया क्रिकेट क्लबको आयोजनामा आयोजित प्रतियोगिताको एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्टले उद्घाटन गरे । उद्घाटन पश्चात बोल्दै उनले खेल स्वास्थ्यका लागि अनिवार्य आवश्यकता भएको बताए । उनले खेलले अन्तरराष्ट्रियस्तरमा देशलाई चिनाउन पनि मद्दत गर्ने बताए ।

maya metro hospital

‘हामीले कुनै देशलाई उसको कामले, उसको प्रधानमन्त्री, राष्ट्रपतिको नामले चिनेका छैनौ’ उनले भने ‘यस्ता कतिपय राष्ट्रहरु छन, जुन उसको खेलको माध्यमबाट चिनिएका छन, त्यसैले खेलकुद राष्ट्रलाई विश्वसामु चिनाउने एउटा माध्यम पनि हो ।’ उनले खेलकुदमा सबै क्षेत्रबाट प्रतिनिधित्व हुनुपर्ने बताए । उनले विद्यालयस्तरमा खेलकुदको अझ बढी महत्व भएको बताए । उनले खेलकुदले विद्यार्थीहरुलाई अनुशासीत र लगनशिल बनाउन पनि मद्दत गर्ने बताए । खेलकुदले विद्यार्थीहरुलाई नियममा बस्न पनि सिकाईरहेको उनको भनाई छ । उनले खेलकुदका क्षेत्रमा आफ्नो क्षेत्रबाट गर्न सक्ने सहयोगका लागि नगरपालिका सदैव तत्पर रहेको समेत बताए ।

joshi vada pasal 2

क्लबका अध्यक्ष दिपेन्द्र गौतमको सभापतित्वमा आयोजित कार्यक्रममा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डा. नरेन्द्र ऐर, लोस आई अग्रेजी माध्यमिक विद्यालयका सञ्चालक गिरीराज कडायत, खेलकुद परिषद् सुदूरपश्चिमका सदस्य दुर्गा अधिकारी लगायतको सहभागीता रहेको थियो ।

यही असोज २६ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा कैलाली र कञ्चनपुरका ८ वटा विद्यालयहरुको सहभागीता रहेको छ । टि–२० फम्र्याटमा हुने प्रतियोगीताको प्रथम टिमले नगद रु. १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टिमले नगद रु. ५१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त छन । प्रतियोगीताको उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई नगद रु. ५÷५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । यसैगरी प्रतियोगीतामा उदयीमान खेलाडीलाई पनि आर्कषक पुरस्कारको व्यवस्था रहेको बताइएको छ ।

प्रतियोगीता सञ्चालन पश्चात आउने नाफाको ३० प्रतिशत खेलाडीको खेल विकासमा र २० प्रतिशत अत्तरियामा रहेको अपांगता भएका बालबालिका अध्ययनरत सुप समावेशी आधारभुत विद्यालयलाई प्रदान गरिने आयोजकले जनाएको छ ।

उद्घाटन सत्र पश्चात प्रतियोगिताको उद्घाटन खेल खेलाईदैछ । कैलालीको गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको खेलमैदानमा भैरहेको खेलमा लोटस आई अंग्रेजी माध्यमिक विद्यालय र सैनिक आवाशिय महाविद्यालयबिच प्रतिष्पर्धा भैरहेको छ । टस हारेर सैनिक आवाशिय महाविद्यालयले ब्याटिङ गरिरहेको छ । भोलीदेखी प्रतियोगीताका अन्य खेलहरु नियमित रुपमा सञ्चालन हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.