अत्तरिया – कैलालीको अत्तरियामा आयोजना हुन गैरहेको लोटस क्रिकेट कप प्रतियोगीताको तयारी पुरा भएको छ । आयोजक अत्तरिया क्रिकेट क्लबले आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगीताको तयारी पुरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा प्रतियोगीताको ट्रफी र टाईसिट सार्वजनिक गरिएको थियो ।

यही असोज १७ गतेदेखी सुरु हुन गैरहेको प्रतियोगीतामा कैलाली र कञ्चनपुरका ८ वटा विद्यालयहरुको सहभागीता रहेको प्रतियोगीताका संयोजक कमल कडायतले जानकारी दिए । उनका अनुसार कैलालीका सत्यवती एकेडेमी, लोटस आई अंग्रेजी मा.वि, सैनिक आवाशिय महाविद्यालय, जे.के. मा.वि, सरस्वती मा.वि र दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय रहेका छन भने कञ्चनपुरबाट कंचनजंगा मावि र ज्योती अंग्रेजी बोर्डिङ स्कुल रहेका छन ।

टि–२० फम्र्याटमा हुने प्रतियोगीतामा सहभागी विद्यालयहरुलाई २ पोलमा विभाजन गरिएको कडायतले बताए । पोल ‘ए’ मा सैनिक आवाशिय महाविद्यालय, लोटस आई अंग्रेजी मावि, कञ्चनजंगा मावि र सरस्वती मावि रहेका छन भने पोल ‘बि’ मा सत्यवती एकेडेमी, दुर्गालक्ष्मी नमुना मावि, जेके मावि र ज्योती अंग्रेजी बोर्डिङ स्कुल रहेका छन ।
प्रतियोगीताको प्रथम टिमले नगद रु. १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टिमले नगद रु. ५१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त छन । प्रतियोगीताको उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई नगद रु. ५÷५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । यसैगरी प्रतियोगीतामा उदयीमान खेलाडीलाई पनि आर्कषक पुरस्कारको व्यवस्था रहेको बताइएको छ ।
प्रतियोगीता सञ्चालन पश्चात आउने नाफाको ३० प्रतिशत खेलाडीको खेल विकासमा र २० प्रतिशत अत्तरियामा रहेको अपांगता भएका बालबालिका अध्ययनरत सुप समावेशी आधारभुत विद्यालयलाई प्रदान गरिने आयोजकले जनाएको छ ।
खेल संयोजक कमल कडायतको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा लोटस आई अंग्रेजी बोर्डिङ स्कुलका मेनेजिङ डाईरेक्टर ध्रुर्व कडायत प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रतियोगीतामा सहभागी सम्पुर्ण विद्यालयका खेल शिक्षकहरुको उपस्थिति रहेको थियो ।