दार्चुलामा वृद्धको मानव कंकाल भेटियो

दार्चुला– दार्चुलामा वृद्धको मानव कंकाल भेटिएको छ । दुहुँ गाउँपालिका–४ गर्खा बिन्नाजोशी ओडार नजिक जंगलमा शुक्रवार कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

maya metro hospital

उक्त कंकाल सोही ठाउँको पोक्से दोरजेरका ७५ वर्षीय धनसिंह लोथ्यालको भएको खुलेको छ । स्थानीयले घर भन्दा करिब ३ किलोमिटर पर सडेगलेको अवस्थामा उक्त कंकाल देखिपछि प्रहरीलाई खबर गरेका थिए । कंकाल लोथ्यालकै भएको प्रहरीले बताएको छ ।

joshi vada pasal 2

उनी घरबाट गत जेठदेखि सम्पर्क विहिन थिए । उनको विगत लामो समयदेखि मानसिक सन्तुलन बिग्रेको प्रहरीले बताएको छ ।

गत जेठमा परिवारलाई खबरै नगरी घरबाट हिँडेका लोथ्याल लामो समय सम्पर्कमा थिएनन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.