कैलालीमा एक शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

धनगढी – कैलालीमा एक शिक्षक विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा कार्यरत महेश शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसनधान आयोगले शुक्रबार मुद्दा दायर गरेको हो ।

maya metro hospital

शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरिएको बताइएको छ । उनले इण्टरमिडियटको नक्कली सर्टिफिकेट पेश गरी अध्यापन गरेको भन्दै शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गर्न परेको उजुरीमाथि अनुसन्धान गर्दा यस्तो कैफित देखिएको अख्तियारले जनाएको छ ।

joshi vada pasal 2

शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कुल एण्ड इण्टरमिडिएट एजुकेशन, यू.पी., राजकीय हुसेनावाद इण्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको उक्त शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा प्रमाणित भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.