दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा भ¥याङबाट लडर एक वृद्वाको मृत्यु भएको छ । शुक्रबार बिहान आफ्नै घरको भर्याङबाट खसेर स्थानीय ७० वर्षीया कलावती महरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहानै आफ्नै घरको सिढी (भर्याङ) बाट लडेर बेहोस भएकी महरको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बलेन्द्र नाथले बताए । घटनाबारे बुझ्न प्रहरी वृद्वा लडेको घरमा खटिएको प्रहरीले जनाएको छ ।
