नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानको सचिव पदनमा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन्। चतुरबहादुर चन्द निर्विरोध अध्यक्षमा निर्वाचित भएपनि सचिव पदमा भने खड्कालाई निवर्तमान केन्द्रीय सदस्य प्रसान्त विक्रम मल्लले चुनौती दिएका थिए। १० मत गन्न बाँकी हुँदै पारसले जित हासिल गरेका हुन्।

Karma Consultancy
belauri nagarpalika

पारसले मल्ललाई पराजित गरेसँगै पहिलो पटक क्यानको महत्वपूर्ण पदमा पुगेका छन्। उनी यसअघि बागमति प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्विचत भएका छन्। निर्विचत खड्काले ४३ मत प्राप्त गर्दै विजयी बने। ७४ मत गन्दा खड्काले ४३ र मल्लले ३१ मत प्राप्त गरे।

citizen security services

यसअघिनै चतुरवहादुर चन्द भने निर्विरोध अध्यक्षमा निर्वाचित भइसकेका छन्। त्यस्तै उपाध्यक्षमा रोषन सिंह निर्विरोध निर्वाचित भए। यो पटक अध्यक्ष चन्दले पारसलाई क्यान सचिवमा समर्थन गर्दै सर्वसम्मत अध्यक्ष बनेका थिए। उनले मल्ललाई पनि सचिव पदको आश्वासन दिएपनि अन्तिम समयमा उनले पारसलाई समर्थन गरेका थिए।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.