शिक्षक आन्दोलनको तेस्रो दिन : के–के भयो ?

नेपाल शिक्षक महासंघको आह्वानमा सरकारी शिक्षकहरूले दोस्रो दिन पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । बिहीवार मध्यान्ह काठमाडौंको माइतीघर मण्डलामा भेला भएर शिक्षकहरूले नयाँ बानेश्वरसम्म ¥याली निकालेका हुन् । विभिन्न १७ बुँदे माग पूरा गराउन भन्दै शिक्षकहरूले हिजो पनि काठमाडौंमा प्रदर्शन गरेका थिए ।

maya metro hospital

शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिकमा विद्यालयमा पठनपाठन अवरुद्ध बनेको छ । शिक्षकको आन्दोलनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री

attariya hospital

बुधबारबाट अनिश्चितकालका लागि आन्दोलनमा उत्रेका शिक्षकहरुसँग वार्ता गर्न सरकारले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरूले शिक्षमन्त्रीसँग वार्ता नगर्ने अडान लिएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई वार्ता गर्ने जिम्मा दिइएको जानकारी गराएका हुन् ।

नेपाली कांग्रेसका उपसभापति समेत रहेका मन्त्री खड्काले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा शिक्षकहरुका समस्या समाधान गर्न सरकार तयार रहेको भन्दै कतिपय मागहरु पुरा गर्न कुनै समस्या नै नरहेको बताए ।

वर्ताका लागि आह्वान

गृह मन्त्रालयले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्तामा बोलाएको बताएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले बिहीबार साँझ पौने ७ बजे शिक्षक महासंघका प्रतिनिधिसँग औपचारिक वार्ता हुने जानकारी दिएको छ ।

तर शिक्षक महासंघका नेतृत्वले भने सरकारबाट वार्ताका लागि कुनै औपचारिक प्रस्ताव र पत्र नआएको बताए । सरकारसँग औपचारिक वार्ताको सर्न्दभमा शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले अनविज्ञता प्रकट गरे ।

जायज माग सम्बोधन गर्न सरकार तयार : उपप्रधानमन्त्री खड्का

नेपाली कांग्रेसका उपसभापति एवम् कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् । उनले अहिलेको कमजोर अर्थतन्त्रले धान्न नसक्ने र संविधानले शिक्षाका सम्बन्धमा गरेको व्यवस्था प्रतिकूल हुने विषयहरूबाहेक जुनसुकै कुरामा छलफल गर्न सरकार तयार रहेको बताए ।

बिहीबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शिक्षकहरूको आन्दोलन र विद्यालय शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकका विषयमा जानकारी गराउँदै रक्षामन्त्रीसमेत रहेका कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षकहरूसँग संवाद सुरू भइसकेको र जायज मागहरू सरकारले पूरा गर्ने बताए ।

आन्दोलनप्रति आयोगको गम्भीर ध्यानाकर्षण

शिक्षकहरूले विद्यालय नै बन्द गरेर गरिरहेको आन्दोलनप्रति मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति असन्तुष्टि जनाउँदै देशैभरका विद्यालय बन्द गरेर शिक्षकहरूले काठमाण्डौमा आन्दोलन गरिरहेकोप्रति मानव अधिकार आयोगले आज बिहीवार विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

शिक्षकले आफ्नो वृत्ति विकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकूल नै भए पनि विद्यालय बन्द गरेर पठनपाठन अवरुद्ध गर्नुले बालबालिकाको शिक्षाको अधिकारको उल्लङ्घन भएको विज्ञप्तिमा उल्लेख छ ।

विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित गर्न मिल्दैन : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दोलनरत शिक्षकहरुलाई विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आग्रह गरेको छ । रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले बिहीबार विज्ञप्ति जारी गर्दै शिक्षकहरुका पेशागत विकासका मागहरुमा आफूहरुकोसमेत समर्थन रहेको भन्दै त्यस्ता मागहरु सरकारसमक्ष राख्ने नाउँमा विद्यार्थीहरुको पढ्न पाउने अधिकार कुण्ठित गर्नुको सट्टा वैकल्पिक विधिहरु अपनाउन सुझाएका हुन् ।

उनले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा रास्वपाले आफ्नो धारणा प्रष्टसँग राख्दै आएको र संसद्मा त्यसबारेको छलफलमा समेत आफ्नो धारणा र संशोधन प्रस्ताव राख्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.