दार्चुला – दार्चुलामा चट्याङ लागेर एक युवती घाइते भएकी छन् । मालिकार्जुन गाउँपालिका–८ औडाखानका मनीराम लुहारकी १८ वर्षीया छोरी शान्ति लुहार चट्याङ लागेर घाइते भएकी हुन । उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार गरी घर पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै दार्चुलाकै शैलेशीखर नगरपालिका–५ सेतकला स्थित एक घरमाथि चट्याङ पर्दा तीन पशुचौपाया मरेका छन ।
