दार्चुलाबाट ९ किलो चरेससहित दुई पक्राउ

दार्चुला – दार्चुलाबाट करिब ९ किलो चरेस सहित २ जना पक्राउ परेका छन । म‌गलबार शैल्यशिखर नगरपालिकाको नायलबाट चरेससहित एक महिला र एक पुरूष पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शैल्यशिखर नगरपालिका–९ नायलबाट ८ किलो ८५० ग्राम चरेससहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाका ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जयबहादुर धानुक रहेको उनले बताए ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उनीहरूको साथबाट ८ किलो ८५० ग्राम चरेस बरामद गरी नियन्त्रणमा लिएको प्रहरीले बताए । धामीको साथबाट ६ किलो र धानुकको साथबाट २ किलो ८५० ग्राम चरेस बरामद गरिएको हो ।
दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.