तिंकरमा सशस्त्रको बिओपी स्थापना

दार्चुला – सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छयाँलेक तिंकरमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ ।

maya metro hospital

दार्चुला सदरमुकामबाट करिब ११२ किलोमिटर उत्तरतर्फ बिओपी स्थापना भएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. ५० गुल्म छाङ्गरु दार्चुलाको मातहतमा स्थापना भएको बिओपी गुल्मबाट करिब ११ किलोमिटरको दूरीमा रहेको छ ।

joshi vada pasal 2

यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ‚ रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर,संखुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङगोला सहित ८ ठाउँमा बिओपी स्थापना गरेको छ । तिंकरमा स्थापना भएको बिओपी सहित चीनतर्फ ९ वटा र भारततर्फ २४३ गरी बिओपीको संख्या २५२ वटा पुगेको छ ।

तिंकरमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहने बिओपी स्थापनाका लागि हेलिकप्टरमा आवश्यक बन्दोबस्ती र जनशक्ति भदौ १३ गते त्यसतर्फ पु¥याइएको थियो ।

बिओपीका लागि एउटा भवन निर्माण गरिएको छ । नयाँ स्थापना भएको बिओपीबाट छिमेकी देशहरू भारतको नाभिडाङ र चीनको ताक्लाकोट बजार नजिकै पर्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.